गिनिज बुक वर्ल्ड रेकर्डमा रेकर्ड राख्ने उद्देश्यका साथ बनेको फिल्म ‘जालो’ जेठ १९ मा रिलिज हुने भएको छ । ‘जालो’वान सटमा खिचिएको विश्वकै लामो फिल्म रहेको यसका निर्देशक अराज केशवले बताएका छन् । फिल्म ‘जालो’ र यसको सिक्वेल ‘जालो २’ एकै पटक चार घण्टामा खिचेको दाबी निर्माण युनिटको छ । गिनिज बुक वर्ल्ड रेकर्डको लागि भने फिल्मको प्रिमियर पछि मात्र पुर्ण प्रक्रिया सम्पन्न हुने निर्देशक केशवले बताएका छन् । यस फिल्मको घोषणा पुर्व नै यही मितिमा अन्य दुई फिल्म पनि प्रदर्शनको लागी तयार रहेका छन् । सुरज सुब्बा नाल्बो निर्देशित ‘रातोघर’ र नितिन चन्द निर्देशित ‘जोनी जेन्टलमेन’ सँग ‘जालो’ भिड्ने भएको हो ।


फिल्ममा अनुपविक्रम शाही, मेनुका प्रधान, मुना गौचन, प्रकाश श्रेष्ठ, नीर शाह, रेमन दाश श्रेष्ठ, निराजन प्रधान लगायत अभिनयमा छन् ।

For More videos Log on to Mazzako TV