अञ्जना गौतमको ‘आभा’
गायिका अञ्जना गौतमको पहिलो गीति एल्बम ‘आभा’ सार्वजनिक भएको छ । एक कार्यक्रमका बिच गीतकार रत्न शमशेर थापा, दिनेश अधिकारी, संगीतकार राजु सिंह, गायक दीपक खरेल र सपना प्रधान लगायतले एल्बम सार्वजनिक गरेका हुन् । चार वटा गीत समावेश एल्बमका सबै गीतमा प्रभुराज ढकालको संगीत छ । कार्यक्रममा एल्बम भित्र समाबेश ‘यो चोखो माया’ बोलको गीतको भिडियो समेत सार्वजनिक रिलिज गरिएको थियोे ।

भिडियोमा विश्वास घिमिरे र ओशिन भट्टराईलाई निर्देशक दीपेन्द्र घिमिरेले अभिनय गराएका छन् । ओशिनले शारीरिक रुपमा अशक्त पति विश्वासलाई गरेको माया देखाइएको छ । भिडियोको छायाङ्कन सुमन कोइरालाले गरेका हुन् भने अनन्त घिमिरेले सम्पादन गरेका हुन् । भिडियो :
For More videos Log on to Mazzako TV








