सफल फिल्म ‘वीर विक्रम’को सिक्वेल निर्माण घोषणा गरिएको छ । निर्देशक मिलन चाम्सले सिक्वेल निर्माणको गर्ने घोषणा गरेका हुन् । हलमा देखी युट्युवमा आउँदा समेत दर्शकले दिएको मायाले सिक्वेल निर्माणको लागी प्रेरित गरेको चाम्सको भनाई छ । फिल्म २०७४ कोे मंसिरबाट फ्लोरमा जानेछ ।

प्रि-प्रोडक्शनको काम सकेपछि कथालाई मजबुद बनाएर सबै कलाकारको अभिनयमा निखारता ल्याएर मात्रै फ्लोरमा लैजाने चाम्सले बताएका छन् । फिल्ममा कथा यम थापाको रहनेछ । फिल्मको मा मुख्य भूमिकामा नायिका प्रियंका कार्की रहने छिन् । प्रियंकाको जन्मदिनमा चाम्सले ‘विर विक्रम २’ उपहार स्वरुप दिएका थिए । ‘वीर विक्रम’ मा दयाहाङ राई, दिया पुन, अपैण थापा, अनुवविक्रम शाही र नाजिर हुसेन लगायत कलाकारहरु थिए । प्रियंकाको जन्मदिनको भिडियो हेर्नुस् :

For More videos Log on to Mazzako TV