ढकाल साँझसंगै ‘म हुरीमा दियो’ सार्वजनिक
रामकृष्ण ढकाल सुमधुर साँझमा ढकालको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ढकाल साँझमा उनको ‘म हुरीमा दियो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । रमेश बिजीको शब्द र राजेश थापाको संगीत रहेको गीतमा रामकृष्ण ढकालको स्वर छ । राष्ट्रिय प्रज्ञा प्रतिष्ठान कमलादीमा भएको कार्यक्रममा ‘द भ्वाईस’ ब्याण्डका दश जना कलाकारका साथै देविका बन्दना, जुना प्रसाईं र प्रविशा अधिकारीले समेत ढकालको गायन प्रस्तुतिमा साथ दिएका थिए । यसअघि पनि विभिन्न स्थानमा लाइभ शो गरेका ढकालले आफ्नो नाममा चौथो कार्यक्रम भएको बताए ।

विन्ध्यवासिनी फाउण्डेसनलाई सहयोग गर्ने उद्धेश्यले उक्त साँझ गरिएको हो । गीत संगीत र यससँग सम्बन्धित स्रष्टा कलाकारहरुको सेवा र सहयोग गर्ने उद्धेश्यका साथ स्थापना भएको विन्ध्यवासिनी फाउण्डेसनले कलाकर्मीको हक र हितका कुरा संगै समाजसेवा पनि गर्दै आएको ढकालले बताए ।
For More videos Log on to Mazzako TV







