‘राधे’ को दोश्रो ट्रेलर रिलिज, के हो त कथा ?

रिलिज हुन दुई साता मात्रै बाँकी हुँदा फिल्म ‘राधे’ को दोश्रो ट्रेलर रिलिज गरिएको छ । सवा दुई मिनेट लामो ‘राधे’ को नयाँ ट्रेलर भावनात्मक संवाद र दृश्यले भरिपूर्ण छ । ट्रेलर हेर्नुस् :
ट्रेलरमा शिर्ष पात्र निखिल उप्रेती, नायिका प्रियंका कार्की, अशिष्मा नकर्मी, कलाकारहरु सुशिल पोखरेल, हिउँवाला गौतम, शिशिर भण्डारी लगायत प्रस्तुत छन् । जगदिश्वर थापाको लेखन तथा निर्देशन रहेको फिल्म ‘राधे’ द्धन्द्धकालमा वेपत्ता भएका व्यक्ति र परिवारको कथामा आधारित छ । सुशिल पोखरेलले निर्माण गरेको फिल्म बैशाख १ गतेबाट अल नेपाल रिलिज हुनेछ ।
For More videos Log on to Mazzako TV








