मेलिना र रेवत को ‘अलग उपहार’
मेलिना राई र रेवत राईको युगल गीति एल्बम ‘अलग उपहार’ बिमोचन भएको छ । अनामनगर स्थित मण्डला थिएटरमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोताले एल्बम बिमोचन गरेका हुन् । एल्बममा समावेश ८ वटा गीत बिमोचन कार्यक्रममा सुनाईएको थियो । जसमा ‘मेरो मनको मीत, आपाको छोरी, यो हाम्रो नाता, आजहामी, जिन्दगी गोरेटोमा, तिम्रो घरको, मेरो जिन्दगीमा र अलि कति बोलका गीतहरु रहेका छन् ।

एल्बममा मुकेश राई, ईश्वर चाम्लिङ, हेम कुमार राई, किरण चाम्लिङ, डिल्लिराम राई, जगत नबोदित राई र विश्वकाजी राईको रचना रहेको छ । त्यस्तै चर्चित संगीतकारहरु महेश खड्का, आभा मुकारुङ, शान्तिराम राई, बसन्त सापकोटा, अर्जुन पोख्रेल, तारा प्रकाश लिम्बु र रेवत राईको सुमधर संगित सुन्न पाईन्छ । एल्बममा समावेश २ वटा म्युजिक भिडियोे समेत निर्माण भै सकेको छ । ‘अलग उपहार’ एल्बमलमई इमिडिया हब प्रा.ली.को लगानिमा उत्पादन गरिएको हो । ईश्वर चाम्लिङ कार्यकारी अधिकृत रहेको इमिडिया हब प्रा.ली. नेपाली कला उत्थानका लागि युकेमा रहेका सिर्जनशील स्रष्टाहरुद्धारा स्थापना गरिएको संस्था हो ।
For More videos Log on to Mazzako TV







