मल्टि स्टारर फिल्म ‘संरक्षण’ ले आउँदो साउन १३ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको छ । सुटिङ सकिएको लामो समयपछि निर्माता प्रदीप कुमार उदयले फिल्मको प्रदर्शन मिति तय गरी सार्वजनिक गरेका हुन् ।

पुणेन्दु झाले निर्देशन गरेको फिल्ममा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । फिल्मलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।  ‘संरक्षण’ आउने मिति साउन १३ मा फिल्म ‘प्रेमगीत २’ ले आफ्नो प्रदर्शन मिति तोकिसकेको छ । हिट फिल्म ‘प्रेम गीत’ को सिक्वेल ‘प्रेम गीत २’ मा प्रदीप खड्का र अश्लेशा ठकुरी मुख्य भूमिकामा छन् । सन्तोष सेनको निर्माण र रामशरण पाठकको निर्देशन रहेको फिल्मको छायाँकन सकिइसकेको छ ।

For More videos Log on to Mazzako TV