‘पलाँस’ प्रिमियर, ८० बढी हलबाट देशभर प्रदर्शन
रेखा थापा स्टारर फिल्म ‘पलाँस’ चैत १८ गतेदेखि अल नेपाल प्रदर्शनमा आएको छ । एकल रिलिजको अवसर पाएको यो फिल्मले देशमा करिब ८० वटा हल संख्या पाएको छ । रेखाको स्टारडम र सोलो रिलिजले ‘पलाँस’ लाई फाइदा पुग्ने अड्कल छ ।

रिलिज पुर्व ‘पलाँस’ को प्रिमियर शो गरिएको छ । बिहिबार साँझ दरबारमार्गस्थित क्युज सिनेमा हलमा गरिएको प्रिमियर शोमा फिल्म युनिट सहित फिल्मकर्मी तथा सञ्चारकर्मीको उपस्थिति थियो । प्रिमियरमा सहभागीले विशेष गरी ‘कन्टेन्ट’ र कलाकार प्रस्तुतीलाई रुचाएको पाइयो । फिल्मले दर्शकको मन जित्ने प्रिमियरमा सहभागीले प्रतिक्रिया दिए ।

कृषा चौलागाईंले निर्माण रहेको फिल्म ‘पलाँस’ मा रेखा थापा, नायक आयुुव केसी र कलाकार कामेश्वर चौरसियाको मुख्य भूमिका रहेको छ । सुवास कोइरालको निर्देशन रहेको फिल्ममा सुसन प्रजापति छायाँकन र अर्जुन पोखरेलको संगीत रहेको छ ।










