एकै घरमा खिचिएको ‘मन्दिरा’ असार २ देखि लाग्ने
फिल्म ‘मन्दिरा’ को फस्ट लुक्स र रिलिज डेट सार्वजनिक गरिएको छ । दिपेश सापकोटाको लेखन तथा निर्देशन रहेको यो फिल्म आउँदो सालको असार २ गतेदेखि प्रदर्शनमा आउने यसै साता आयोजित प्रेसमिटमा जानकारी दिइयो ।

सस्पेन्स कथामा बनेको भनिएको फिल्म ‘मन्दिरा’ एउटै घरमा खिचिएको समेत निर्देशक सापकोटाले खुलाएका छन् । उनले यसलाई ‘एक्सपेरिमेन्टल’ फिल्म भनेका छन् । करुणा अर्याल र उज्जवल अर्यालले संयुक्त रुपमा निर्माण गरेको फिल्म ‘मन्दिरा’ मा नरेन खड्का, बिनी पोखरेली, जेबि डिसी, प्रवन भूषाल, बिनिता ओली, राजन ढुंगाना, लक्ष्मी बस्नेत लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ । हरी भट्टको प्रस्तुती रहेको फिल्ममा सुसन प्रजापतीको छायाँकन र देव काइमी राईको संगीत रहेको छ ।









