रेखा थापा स्टारर फिल्म ‘पलाँस’ सेन्सर पास भएको छ । तर फिल्मले एडल्ट प्रमाण पत्र पाएको छ । यस्तो प्रमाण पत्र प्राप्त फिल्मलाई १६ वर्ष भन्दा मुनिका बालबालिकाले हेर्न पाउने छैनन् । किन पायो त ‘पलाँस’ ले एडल्ट सर्टिफिकेट ?

‘संवादका कारण सेन्सर वोर्डले उक्त प्रमाण पत्र दिएको हो’ निर्मात्री कृषा चौंलागाईंले भनिन्, ‘कुनै पनि संवाद तथा दृश्य भने काटिएको छैन ।’ फिल्ममा खलपात्रको भूमिकामा देखिएका कलाकार कामेश्वर चौरसियाले बोलेका केही संवादलाई लिएर सेन्सर एडल्ट प्रमाण पत्र दिएको बुझिएको छ । ट्रेलर हेर्नुस् :

सुवास कोइराला निर्देशित फिल्ममा रेखा थापा, आयुव केसी र कामेश्र चौरसियाको मुख्य भूमिका छ । फिल्म यही शुक्रबारदेखि अल नेपाल प्रदर्शनमा आउँदैछ । अर्जुन पोखरेलले संगीत रहेको फिल्ममा सुसन प्रजापतीको सिनेम्याटोग्राफी छ ।

For More videos Log on to Mazzako TV