रिलिजको पुर्वसन्ध्यामा प्रदीपले गाए ‘पलाँस’ को ओएसटी

रिलिजको पुर्व सन्ध्यामा फिल्म ‘पलाँस’ को ओएसटी रिलिज भएको छ । नायक तथा गायक प्रदीप बाँस्तोलाले आफ्नै शब्द तथा संगीतमा ‘पलाँस’ को ओएसटी गाएका छन् । प्रदीप ‘अधकट्टी’ हिरो हुन् । भिडियो :
रेखा थापा, आयुव केसी र कामेश्वर चौरसियाको मुख्य भूमिका रहेको फिल्म ‘पलाँस’ नारी प्रधान फिल्म हो । जसमा रेखा थापा मुख्य भूमिकामा प्रस्तुत भएकी छिन् । निर्मात्री कृषा चौंलागाईंले ‘पलाँस’ लाई रेखाले गर्दै आइरहेका फिल्महरु भन्दा भिन्न रहेको बताउँदै आइरहेकी छिन् । एक्सन अवतारमा प्रस्तुत हुँदै आएकी रेखा ‘पलाँस’ एक कोठी गर्लको भूमिकामा प्रस्तुत भएकी छिन् । फिल्मलाई सुवास कोइरालाले निर्देशन गरेका हुन् ।








