नेपालपछि अब अमेरिका र युरोपमा ‘दर्पण छायाँ २’
नेपाल प्रदर्शनपछि फिल्म ‘दर्पण छायाँ २’ अब अमेरिकामा प्रदर्शन हुने भएको छ । आउँदो अप्रिल महिनाबाट त्यहाँ प्रदर्शन सुरु गरिने निर्मात्री सावु गदाल कार्कीले जानकारी दिइन् । ‘अमेरिकापछि युरोपमा फिल्म चलाउँछौं’ निर्मात्री कार्कीले भनिन् ।

यूरोपका बेल्जियम, हल्याण्ड, नेदरल्याण्ड,, जर्मनी, स्पेन, डेननमार्कसँगै लण्डनका विभिन्न शहरमा समेत फिल्मको प्रदर्शनी हुने निर्मात्री कार्कीले बताइन् । अमेरिका र यूरोपका विभिन्न देशमा हुने शोहरुमा निर्माण टिमका सदस्य समेत सहभागी हुनेछन् । निर्मात्री कार्की, अर्का निर्माता रबी कार्की, नव नायिका साहार कार्की समेत उपस्थित हुनेछन् । कार्की परिवारसँग गरिएको मज्जाको गफगाफ हेर्नुस् :
तुलसी घिमिरेको लेखन तथा निर्देशन रहेको फिल्म ‘दर्पण छायाँ २’ साहारा सँगै पुष्पल खड्का, श्रद्धा प्रसाईं, फिरोज तिमल्सिना लगायतको अभिनय रहेको छ । साँगीतिक प्रेम कथाको फिल्मले सर्जक प्रतिको सम्मानलाई देखाउन खोजेको छ ।
For More videos Log on to Mazzako TV







