‘छक्का पञ्जा’ लाई डिसिएन ‘वेस्ट फिल्म अफ दि इयर’
डिजिटल सिनेमा नेपाल (डिसिएन) ले फिल्म ‘छक्का पञ्जा’ लाई बर्षकै उत्कृष्ट फिल्मको पुरस्कार दिएको छ । शुक्रबार पोखरामा आयोजित डिसिएनको दशैं बार्षिक उत्सबमा यो फिल्मलाई ‘वेस्ट फिल्म अफ् दि इयर’ बाट पुरस्कृत गरिएको हो । निर्देशक दिपाश्री निरौला र अभिनेता दिपकराज गिरीले सम्मानको उक्त ट्रफी ग्रहण गरे ।

यसै साल प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा’ ले नेपाली फिल्म क्षेत्रकै सर्वाधिक १७ करोडको कलेक्सन गरेको थियो । दिपाश्रीको डेव्यु निर्देशन रहेको यस फिल्ममा दिपकराज, प्रियंका कार्की, जितु नेपाल, शिवहरी पौडेल, बर्षा सिवाकोटी, नम्रता सापकोटा लगायतको अभिनय रहेको छ । अर्को सालको असोज ११, दशैंमा रिलिज हुने गरी दिपक र दिपाले फेरी ‘छक्का पञ्जा २’ निर्माणको घोषणा गरेका छन्, जसलाई दिपाश्रीले नै निर्देशन गर्दैछिन् ।








