म्युजिक भिडियोमा रमाई रहेकी नायिका अनु शाह नयाँ फिल्ममा अनुबन्धित भएकी छिन् । ‘पसिना’ नामक फिल्मको छायाँकन समेत सुरु भएको छ । अनुको जन्मदिन बुधबारदेखि यो फिल्मको राजधानीबाट छायाँकन सुरु भएको हो ।

‘पसिना’ मा अनुसँग साईला उर्फ गौरव पहारी मुख्य जोडीको रुपमा प्रस्तुत भएका छन् । आरविके शरदको निर्देशन रहेको ‘पसिना’ फरक खालको फिल्म रहेको गौरवले बताए । आफ्नै ब्यानरबाट फिल्म निर्माण समेत सुरु गरेका गौरवले कथा मन परेर ‘पसिना’ खेल्न पक्का गरेको बताए । अनुले पनि गौरवकै कुरामा सही थपिन् । फिल्ममा गौरव र अनुसँगै अभिनेता सरोज खनाल, रवि गिरी, ध्रव कोइराला लागयत कलाकारहरुको अभिनय छ ।

For More videos Log on to Mazzako TV