ट्रेलर रिलिज भएसँगै प्रतिक्षित बनेको फिल्म ‘लप्पन छप्पन’ लाई दर्शकले भर्खरै रिलिज भएको फिल्म ‘लुट २’ सँग दाँजेका छन् । केही दर्शकले त यो फ्राइडे रिलिज फिल्मलाई ‘लुट २’ भन्दा राम्रो रहेको प्रतिक्रिया दिएका छन् । कमलपोखरी स्थित बिग मुभिज सिनेमा हलबाट ‘लप्पन छप्पन’ हेरेर दर्शकले दिएको भिडियो प्रतिक्रिया मज्जाको टिभीसँग सुरक्षित छ । फिल्म हेरेर निस्किएका कुनै पनि दर्शकले गाली गरेका छैनन् ।

यस्तै अभिनेता दयाहाङ राई सहित निर्देशक मुकुन्द भट्ट, नायिका बर्षा सिवाकोटी, नव नायकहरु प्रकाशजंश शाह, सिड खरेलल, निर्माता डम्वर चन्द दर्शकसँग बसेर बिहानी शोमै ‘लप्पन छप्पन’ हेरेका छन् । दर्शकले दिएको सुखद प्रतिक्रियाबाट टिम खुसी देखियो । ‘लप्पन छप्पन’ ले दर्शकलाई दुःखी नबनाउने भन्दै दयाहाङले दर्शकलाई फिल्म हेर्न आग्रह गरे । फिल्मकी सेलो नायिका सिवाकोटीले सोचे भन्दा पनि बढी दर्शकले फिल्म मन पराएकोमा खुसी व्यक्त गरिन् ।

ग्याङस्टार फिल्म ‘लप्पन छप्पन’ मा सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा, बर्षा, प्रकाश, सिड लगायत कलाकारहरुको अभिनय रहेको छ । नेपाल सहित युरोपमा छायाँकन गरिएको फिल्मलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । ‘लप्पन छप्पन’ के ‘लुट २’ भन्दा राम्रो नै हो त ? मल्टी स्टारर फिल्म हेरेर आफैं तुलना गर्नुस् ।

For More videos Log on to Mazzako TV