नायिका निशा अधिकारीले यसै सातादेखि फिल्म ‘झ्यानाकुटी’ को सुटिङ सुरु गरेकी छिन् । सिमोश सुनुवारले निर्देशन गरिरहेको फिल्मको धम्पुसदेखि सुटिङ सुरु भएको छ । फिल्मको सम्पूर्ण छायाँकन धम्पुसमै हुनेछ ।

कमेडी जनराको फिल्म ‘झ्यानाकुटी’  मा नायक सौगात मल्ल र नायिका वेनिशा हमाल मुख्य पात्रको रुपमा रहेका छन् । पहिलो पटक फिल्म निर्माणमा जुटेकी निशाले निर्देशक सुनुवारलाई निर्देशनमा पनि सहयोग गरिरहेकी छिन् । ‘हामी एक महिनाको समय छुट्याएर यहाँ आएका छौं’ निशाले भनिन्, ‘काम रफ्तारमा भैरहेको छ ।’ ‘झ्यानाकुटी’  मार्फत निशाले नव नायिका सुमी मोत्तानलाई लञ्च गरेकी छिन् । निशा आफैं भने फिल्ममा खेलेकी छैनन् । फिल्मलाई हरी हुँमागाईले खिचिरहेका छन् ।

For More videos Log on to Mazzako TV