यही शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘लप्पन छप्पन’ ले बुधबार राजधानीमा प्रेससँग भलाकुसारी गरेको छ । निर्देशक मुकुन्द भट्ट, अभिनेता अर्पण थापा, नायिका बर्षा सिवाकोटी र दुई नव नायक प्रकाशजंश शाह र सिड खरेलले मिडियासँग फिल्मबारे अन्र्तक्रिया गरे ।

तर नायक फिल्मका अर्का अभिनेता दयाहाङ राई भने राजधानीमै भएर पनि प्रेसमिटमा सहभागी भएनन् । आफु अभिनित फिल्मको प्रेसमिटमा दयाहाङ किन आएनन् ? फिल्म निर्माण युनिटसँग दयाहाङ केही कुरामा असन्तुष्टि भएको चर्चा प्रेसमिटमा चल्यो ।

अभिनेता सौगात मल्ल भने निशा अधिकारीले निर्माण गर्दै गरेको फिल्म ‘झ्नाकुटी’ छायाँकनका कारण ‘लप्पन छप्पन’ को प्रेसमिटमा सहभागी हुन पाएनन् । ट्रेलर रिलिजपछि हाईप बनाएको ‘लप्पन छप्पन’ ले दर्शकमाझ कस्तो छाप छोड्ला त ? शुक्रबारसम्म कुरौं । तस्बिर : उद्धव रसाईली

For More videos Log on to Mazzako TV