के ‘पलाँस’ मा रेखालाई परेकै हो त प्रोब्लम् ?

फिल्म ‘पलाँस’ मा समावेश ‘हेल्प लिन सक्छौं’ बोलको भिडियो रिलिज भएको छ । रेखा थापा र आयुव केसी फिचरिङ भिडियोको कोरियोग्राफी रोहनले गरेका हुन् । अर्जुन पोखरेलेको संगीत, भावना पाठकको शब्द र सुगम पोखरेलको स्वर रहेको यस गीतको लिरिकल भिडियो यसअघि नै रिलिज भैसकेको थियो । भिडियो हेर्नुस् :
केपी फिल्मस्को प्रस्तुती रहेको ‘पलाँस’ लाई कृषा चौंलागाईंले निर्माण गरेकी हुन् भने निर्देशन सुवास कोइरालाले गरेका हुन् । यही चैत १८ गतेदेखि प्रदर्शनमा आउने फिल्ममा रेखा र आयुवसँगै कलाकार कामेश्वर चौरसियाको पनि अभिनय रहेको छ । फिल्मको शिर्ष भूमिकामा रेखा प्रस्तुत भएकी छिन् ।
For More videos Log on to Mazzako TV







