बेलायतमा देखाईयो नेपाली चलचित्रको बृत्तचित्र
करिब दुई दशकदेखी चलचित्र पत्रकारिता गर्दै आएका चलचित्र पत्रकार राजन घिमिरेले बनाएको नेपाली चलचित्रको इतिहास झल्कने बृत्तचित्र ‘नेपाली सिनेमाको यात्रा’ बेलायतका बिभिन्न शहरहरूमा प्रदर्शन गरिएको छ ।

४५ मिनेट लामो यो बृत्तचित्रमा नेपाली चलचित्रको जन्म कसरी भयो ? आजसम्मको अबस्थामा आउन नेपाली चलचित्र क्षेत्रले भोग्नु परेका समस्या , कस्तो चलचित्रहरूको बजार कस्तो भयो ? लगायत नेपाली चलचित्रको ईतिहाससंग जोडीएका सर्जकहरूको अनुभब र बिचारलाई बृत्तचित्रमा समेटिएको छ । यो बृत्तचित्र निर्माटाका लागि गोमा बिष्ट, दिपेन्द्र रेग्मीले घिमिरेलाई साथ दिएका छन । हाल क्ल्याप बोर्ड र एन.आर .एन टिभी शो नामक दुई टेलिभिजन शो सन्चालन गरिरहेका घिमिरेले यो बृत्तचित्रलाई प्रवासमा रहेका भएका अन्य नेपालीहरू माँझ पनि प्रदर्शन गरिने कुरा बताए । उनले भने, ’बृत्तचित्रले नेपाली चलचित्रको ईतिहास बोल्नेछ भने नेपाली चलचित्रका बारेमा रूचि राख्ने तथा अध्ययन गर्न चाहनेका लागि बलियो दस्ताबेज बन्ने छ ।’

बृत्तचित्र निर्माणका लागि आफूले नेपाली चलचित्र सम्बन्धि बिभिन्न क्षेत्र, तह र तप्काका ब्यक्तित्वहरूको सुझाबलाई ध्यानमा राखेको कुरा बृत्तचित्रका निर्माकर्ता घिमिरेले बताए । बृत्तचित्रले नेपाली चलचित्रको बिभिन्न काल खन्डको बारेमा पनि चर्चा गरेको छ । हाल बेलायतको साउथ हारो र प्लमिष्टीगमा शो गरिएको यो बृत्तचित्र बेलायतका अन्य शहरहरूमा पनि प्रदर्शन हुने घिमिरेले बताए ।
For More videos Log on to Mazzako TV







