‘करोडपति’ खेल्न नेपालमा राजपाल यादव, आर्यन र नीतासँग गर्दैछन् स्क्रिन सेयर
‘करोडपति’ नामक नेपाली फिल्म खेल्न बलिउडका चर्चित हाँस्य कलाकार राजपाल यादव नेपाल आएका छन् । बुधबार बनेपाबाट फिल्मको छायाँकन सुरु भएको छ । जहाँ राजपाल र नायक आर्यन अधिकारीले टेक दिए । फिल्म छायाँकनका लागि राजपाल दुई साता जसो नेपालमा बस्नेछन् ।

सुटिङमा राजपाल र नायक अधिकारी ।
अधिकारी व्रदर्स पिक्चर्स र केतन फिल्मस्को संयुक्त ब्यानरमा बन्न लागेको फिल्म ‘करोडपति’ मा राजपालसँगै नायक आर्यन अधिकारी, नायिका नीता ढुंगानाको मुख्य भूमिका रहनेछ । अधिकारी व्रदर्स पिक्चर्सले यसअघि ‘के म तिम्रो होइन र’ निर्माण गरेको थियो । सुरेश अधिकारी निर्माता रहेको उक्त फिल्मबाट आर्यन अधिकारी हिरोको रुपमा उदाएका हुन् । ‘करोडपति’ को छायाँकन बनेपा, जोमसोम र मुस्ताङ हुनेछ । राजपालले भने बनेपामा मात्रै सुटिङ गर्नेछन् ।
For More videos Log on to Mazzako TV







