नायक राजवल्लभ कोइरालालाई दर्शकले पर्दामा देख्न नपाएको लामै समय भैसक्यो । अमेरिका गएको केही वर्षपछि पनि उनले फिल्म ‘हाइवे टु धम्पुस’ मा अभिनय गरेका थिए । तर त्यसपछि भने राजवल्लभ ठुलो पर्दामा देखिएका छैनन् ।

अब भने यी साहित्यिक हिरो ठुलो पर्दामा फर्किने भएका छन् । त्यस्को लागि उनलाई कम्तीमा ६ महिना लाग्नेछ । राजवल्लभ आफैंले फेसबुकमा स्टाटस लेखेर यस प्रकारको खबर बाहिर ल्याएका हुन् । राजबल्लभ लेख्छन्, ‘चलचित्रको अफर पनि कस्तो कडा आयो…६ महिनामा १५ के.जी. यानी ३३ पाउन्ड घटाउन सकिन्छ त ?’ ६ महिनामा पन्ध्र केजी घटाएर के राजवल्लभ फिल्ममा फर्किएलान् त ?

For More videos Log on to Mazzako TV