गायक तथा संगीतकार  तारा प्रकाश लिम्बुको स्वरमा ‘तिमी सागर हौ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द किरण टी लिम्बुको छ भने संगीत  तारा प्रकाशकै रहेको छ ।  पछिल्लो समय उनि नेपाली फिल्मी गीत मार्फत श्रोता दर्शक को मनमुटुमा बस्न सफल छन् । नायक पुष्पल खड्का तथा मोडल शिक्षा संग्रौलाको अभिनयमा प्रेमलाई झल्काइएको छ । भिडियो यस्तो छ :

भिडियो निर्देशन शान थापाले गरेका हुन् । उत्सब दहालले खिचेको भिडियोलाई अनुप गिरीले सम्पादन गरेका हुन् । मेहनतका साथ काम गरेकाले गीतले राम्रो प्रतिक्रिया पाउँने तारा प्रकाशले बिश्वास गरेका छन् ।

For More videos Log on to Mazzako TV