प्रि-प्रोडक्सनको अन्तिम चरणमा रहेको फिल्म ‘फाटेको जुत्ता’ ले पनि आफ्नो प्रदर्शन मिति तय गरेको छ । निर्माता अर्जुन कुमारले दिएको जानकारी अनुसार यो फिल्म आउँदो सालको कात्तिक १७ गतेदेखि अल नेपाल प्रदर्शनमा आउनेछ ।

उक्त मितिमा हालसम्म आफ्नो मात्रै रहेको अर्जुन कुमारले बताएका छन् । सौगात मल्ल र प्रियंका कार्कीको मुख्य भूमिका रहने फिल्मलाई निकेश खड्काले निर्देशन गर्नेछन् । म्युजिक भिडियो निर्देशक निकेशले यसअघि ‘जीन्दगी रक्स’ नामक फिल्म निर्देशन गरेका छन् । भदौ २३ मा ‘दुई रुपैयाँ’ लाई हल खाली गर्दै अर्जुन कुमार कात्तिक १७ मा पुगेका हुन् ।

For More videos Log on to Mazzako TV