‘म यस्तो गीत गाउँछु’ मा यस्तो छ पल र पूजाको जोडी (भिडियो)
फ्लोरमा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ सुटिङका तस्बिरहरु सार्वजनिक भएका छन् । सार्वजनिक नायक पल शाह र पूजा शर्माले गीतको लागि दिएका दृश्यका तस्बिरहरु सुन्दर छन् । ‘किन आजकल तिम्रो मन मैंलो भो’ बोलको गीतको सुटिङ केही दिन अगाडी दासढुंगामा गरिएको थियो । जहाँ एक सय बढी त कोरसहरु नै रहेको कोरियोग्राफर कविराज गहतराजले बताएका छन् ।
एक साता काठमाण्डौंमा छायाँकन सकाएर पोखरा गएको फिल्म ‘म यस्तो गीत गाउँछु’ को यतिबेला पोखरा र त्यहाँ आसपासको क्षेत्रमा सुटिङ भैरहेको छ । ६० प्रतिशत बढी सिन सकाएर गीतको सुटिङ भैरहेको निर्देशक सुदर्शन थापाले जानकारी दिए । ‘हामी तालिका भन्दा एक दिन पनि ढिला भएका छैनौं’ निर्माता समेत रहेका निर्देशक थापाले भने, ‘सरासर काम भएमा तोकेको पैंतालिस दिनमा सुटिङ सकिन्छ ।’ सुटिङ सुरु भएको झण्डै २५ दिन भएको छ । पोखरा आसपासको सुटिङ सकाएर युनिट अप्पर मुस्ताङ जाने सुदर्शनले बताए ।
यस्तै पहिलो पटक ‘म यस्तो गीत गाउँछु’ मा स्क्रिन सेयर गरेका पल र पूजाले रमाइलोसँग काम भैरहेको बताए । ‘जे सोचेका थियौं त्यो भन्दा पनि राम्रोसँग काम भैरहेको छ’ दुवैले भने, ‘अहिलेसम्मको कामबाट हामी निकै नै खुसी छौं ।’ अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई संजय लामाले खिचिरहेका छन् । राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, प्रज्जवल सुजल गिरी आदि कलाकारहरुको अभिनय रहेको फिल्मका प्रोडक्सन कन्ट्रोलर नविन पुरी हुन् ।
सुटिङ रिपोट हेर्नुस् :