a-mero-hajur2

अभिनेत्री झरना थापाको डेव्यु निर्देशन रहेको ‘ए मेरो हजुर २’ को केही झलक सार्वजनिक भएको छ । सार्वजनिक सवा एक मिनेट लामो भिडियोमा फिल्मको शिर्षक सहित केही दृश्य समावेश छन् । तिलिचोको दृश्यमा ‘ड्रिम्स’ नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव नायक सलिन मान बाँनियाको क्यामेस्ट्री लोभलाग्दो देखिन्छ । भिडियो :

ड्रिम्स पछि साम्राज्ञी अभिनित यो दोश्रो फिल्म हो भने सलिनको पहिलो । सुहाना ईन्टरनेटमेन्टको व्यानरमा निर्माण भएको ‘ए मेरो हजुर २’ लाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । सञ्जय लामाको सिनेम्याटोग्राफी रहेको फिल्ममा बसन्त सापकोटा र कल्याण सिंहको संगीत छ । फिल्मको प्रदर्शन लक्ष्य आगामी वर्ष राखिएपनि मिति भने तोकिएको छैन ।

For More videos Log on to Mazzako TV