माला भन्छिन् ‘भाउ खोज्ने त्यो ठुला कुरा’ (भिडियो)
नायिका तथा मोडेल माला लिम्बुको नृत्य रहेको ‘भाउ खोज्ने त्यो ठुला कुरा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा प्रतिक्षा भण्डारीको स्वर, नृपेश उप्रेतीको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । समन अधिकारीको निर्देशनमा तयार भएको भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफि रहेको छ । भिडियो यस्तो छ :
भिडियोलाई दिपेन्द्र थपलीयाले खिचेका हुन् भने सम्पादक भरत रेग्मीको सम्पादनमा तयार पारीएको हो । भिडियोमा माला लिम्बुसँगै बिचार पौड्याल फिचरिङमा छन् । गीत निकै मन परेकाले मेहनतका साथ काम गरेको र सबैले भिडियो मन पराउने मालाले बताइन् । मालाको आइटम रहेको फिल्म ‘पर्व’ को ‘कालेदाई’ बोलको गीत अहिले चर्चामा छ ।
For More videos Log on to Mazzako TV