‘तीन वर्षपछि फिल्म बनाउँछु’ : नीता ढुंगाना
पछिल्लो समय थुप्रै नायक र नायिका फिल्म निर्माणमा अघि बढिरहेका छन् । केहीले त फिल्म निर्देशन पनि गरेका छन् । यस्तैमा ‘निर्भय’ नायिका नीता ढुंगानाले पनि फिल्म निर्माण गर्ने योजना रहेका बताएकी छिन् । तर कहिले त ?
‘तीन वर्ष त लाग्छ होला फिल्म बनाउँन’ ‘निर्भय’ प्रचारकै लागि नारायणघाटमा रहेकी नीताले भनिन्, ‘अहिले योजना चाहिं बनाइरहेको छु । अहिलेको योजना तीन वर्षमा पूरा होला ।’ अफर आएजति राम्रा फिल्महरु खेल्ने बताउँने नीताले आफै फिल्म बनाउनु पर्ने कारण पनि खोलिन् । ‘मैंले अझै पनि चाहे जस्तो भूमिका गर्न पाएको छैन । त्यसको लागि आफैंले फिल्म बनाउनु पर्छ’ उनले भनिन् । कस्तो भूमिका त, ‘ठ्याक्कै यस्तै भन्ने त छैन । तरपनि आफैंले बनाउने फिल्म चाहिं अहिलेसम्म नगरेको भूमिका गर्छु ।’ ‘निर्भय’ को ट्रेलर हेर्नुस् :
उसो त नीतालाई फिल्म निर्देशन गर्ने रहर पनि छ । निर्देशनको रहर चाहिं अध्ययन नै गरेर पूरा गर्ने उनको योजना छ । एक्सन स्टार निखिल उप्रेतीसँग नीताले अभिनय गरेको फिल्म ‘निर्भय’ यही शुक्रबार, चैत ११ गतेदेखि प्रदर्शनमा आउँदैछ ।
For More videos Log on to Mazzako TV