‘बीर बिक्रम’ हलमा हेर्न छुट्यो ? अब युट्युबमा (फिल्म)
मिलन चाम्स निर्देशित यस बर्ष चर्चामा रहेको फिल्म ‘बीर बिक्रम’ युट्युबमा रिलिज भएको छ । शुक्रबार साझँ फिल्म युट्युबमा रिलिज गरिएको हो । दर्शकको माग भए पछि युट्युबमा रिलिज गरिएको निर्माण पक्षको भनाई छ । फिल्म पुरानो भएपछी भन्दा पनि दर्शकको मनमा छदै रिलिज गर्नु पर्ने बुझाई छ, निर्देशक चाम्सको । उनि यतिबेला ह्यापी डेज र ब्लाइन्ड रक्सको काममा ब्यस्त छन् ।
फिल्म हसिया मार्फत निर्देशनमा आएका उनले दोस्रो फिल्म ‘बीर बिक्रम’ बनाएका हुन्, जसलाई दर्शकले राम्रो प्रतिक्रिया दिए । ‘बीर बिक्रम’ले ब्यापार पनि राम्रै गरेको थियो । फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुप बिक्रम शाही, नाजिर हुसेन, दिया पुन लगायतको अभिनय रहेको छ ।
फिल्म हेर्नुस् :
For More videos Log on to Mazzako TV