अभिनेत्री रेखा थापालाई खलपात्रको रुपमा देखाइएको फिल्म ‘डायरी’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म अब आउँदो बर्षको जेठ ५ गतेबाट अल नेपाल रिलिज हुनेछ । rekha and chultim

फिल्मको यस अगाडि प्रदर्शन मिति चैत्र ११ गतेलाई तोकिएको थियो । तर, निर्देशक अनिल योञ्जन विरामी परेपछि फिल्मको पोष्ट प्रोडक्शनको काम रोकिएको थियो । जसले गर्दा फिल्म निर्धारित मितिमा प्रदर्शनमा आउन नसकेको हो ।

वितरक र हलवालाहरुसँग सल्लाहा गरेर फिल्मको मिति तय गरिएको निर्माणपक्षले बताएको छ । फिल्ममा सन्नी सिंह र छुल्ठिम गुरुङको जोडीलाई देखाएको छ । छुल्ठिम नेपाली फिल्म नगरिमा ‘नोभेम्बर रेन’बाट उदाएकी थिइन् । टिजर सार्वजनिक भएपछि यो फिल्मको चर्चा चुलिएको छ ।

For More videos Log on to Mazzako TV