अन्ततः फिल्म ‘पर्व’ तोकिएको प्रदर्शन मितिबाट पर सरेको छ । तोकिएको मिति चैत २५ गतेबाट अब यो फिल्म अर्को वर्षको जेठको पहिलो या दोश्रो साता मात्रै प्रदर्शन हुने भएको छ । फिल्मको प्राविधिक कार्य सोचेको समयमा सम्पन्न नभएका कारण फिल्म तोकिएको प्रदर्शन मितिबाट सर्न बाध्य भएको ‘वर्थ डे म्यान’ निर्देशक दिनेश राउतले जानकारी दिए ।

rekha-namrata

सुवास गिरी र निकिता पौडेलको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘पर्व’ मा नायिका नम्रता श्रेष्ठ र गायक तथा नायक कोशिस क्षेत्रीको मुख्य भूमिका छ । माला लिम्बु र निश्चल बस्नेत नाचेको ‘काले दाई’ बोलको आइटम गीत हिट भैसकेको छ । पर्वको प्रदर्शन मिति पर सरेसँगै चैत १८ गते प्रदर्शनमा आउने फिल्म ‘पलाँस’ लाई फाईदा पुग्ने देखिएको छ । किनकी सोलो रिलिजको मौका पाएको ‘पलाँस’ लाई दोश्रो साता पनि सोलो नै पर्ने भएको छ । कृष्षा चौलागाईंको निर्माण र सुवास कोइरालाको निर्देशन रहेको ‘पलाँस’ मा रेखा थापा, आयुव केसी र कामेश्वर चौरसियाको मुख्य भूमिका छ । ‘पर्व’ सर्दा के ‘पलाँस’ लाई साँच्चै पुग्ला त फाइदा ?

For More videos Log on to Mazzako TV