‘निर्भय’ के हो ? : यसो भन्छन् निखिल
यहि चैत्र ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘निर्भय’ मा एक्सन स्टार निखिल उप्रेती शिर्ष भूमिकामा प्रस्तुत भएका छन् । निखिलको अपोजिटमा नायिका नीता ढुंगाना प्रस्तुत भएकी छिन् । मधुसुदन भट्टराईको निर्देशन रहेको फिल्मलाई देविप्रसाद पाण्डेले निर्माण गरेका हुन् । एक्सन लभ स्टोरी भनिएको फिल्म ‘निर्भय’ खास कस्तो प्रकारको फिल्म हो त ? फिल्मबारे निखिलले यसो भनेका छन् ।
‘निर्भय एक सच्चा नेपाली अनि देशभक्त सिपाहीको कथा हो । सच्चा र ईमान्दार बनेर अघि बढ्दा ईमान्दार बनेकै कारण एक नागरिक अनि प्रहरीको जीवनमा आईपर्ने अफ्ठ्यारा परिस्थिती अनि बाधा व्यवधानको कथा फिल्मले बोल्छ । अफ्ठ्यारा परिस्थिती परिस्थितीमा हटेर होईन डटेर अघि बढ्नुपर्छ, सफलता टाढा छैन् । आफ्नो अधिकार पाउन जस्तोसुकै परिस्थिती आईपर्दा पनि निडरताका साथ अघि बढ्नुपर्छ, फिल्मको मुख्य सार हो ।’ उनी थप्छन्, ‘यो फेरी विशुद्ध पारिवारिक फिल्म पनि हो । यसको सेन्टिमेन्ट पाटो राम्रो छ । भयरहित जीन्दगी कसरी जिउँने त्यो पाठ पनि सिकाउँछ । नीतासँग जोडी राम्रो जमेको छ ।
For More videos Log on to Mazzako TV