अमेरिकामा हुदैछ शिल्पा अभिनित फिल्म ‘हामी शरणार्थी’को प्रिमियर (भिडियो)
नायिका शिल्पा पोख्रेल अभिनित फिल्म ‘हामी शरणार्थी’ अमेरिकामा प्रिमियर हुने भएको छ । अमेरिकाको कोलम्बसमा यही अप्रिल एक तारिक फिल्मको प्रिमियर हुन लागेको हो । वैदिक वेलफेयर सोसाईटीले चलचित्रको प्रिमियरको तयारी गरेको छ । जेके ब्रोदर्स फिल्मले अमेरिका र युरोपका लागि चलचित्रको प्रर्दशन राईट्स लिएको छ ।
बिजय लिम्बु केरुङ्गले निर्देशन गरेको यो सिनेमामा भुटानी शरणार्थीहरुको कथा ब्यथालाई समेटिएको छ । प्रर्दशनका लागि निकै अघि सिनेमा तयार भएपनि अमेरिकाबाट सिनेमाको प्रर्दशन आरम्भ हुन लागेको हो । अमेरिकासँगै सिनेमालाई क्यानडा, अष्ट्रेलिया र युरोपका अन्य देशहरुमा पनि प्रर्दशन गरिने बताईएको छ । त्यसपछि नेपालमा प्रर्दशन गरिने निर्माण युनिटले जानकारी गराएको छ ।
चलचित्र ‘हामी शरणार्थी’ मा शिल्पासँगै जिवन भट्टराई, प्रतिमा रसाईली, जगत जेके, एन बि जेके लगायत कलाकारहरुले अभिनय गरेका छन् । अर्जुन कुमार पोख्रेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीले मिलेर बनाएको यो सिनेमामा कृष्ण प्रसाद पोख्रेल कार्यकारी निर्माता रहेका छन् । चलचित्रमा हिमाल केसीको द्वन्द, उत्तमजंग लिम्बुको संगीत र कमल राईको नृत्य निर्देशन रहेको छ ।