गायिका कि मोडल ?? योजनाको यस्तो धमाका (भिडियो)
गायिका तथा सञ्चारकर्मी योजना पुरी अब मोडल पनि भएकी छिन् । उनले आफैले गाएको गीतमा कम्मर मर्काएकी हुन् । ‘म त बस्नै नसक्ने‘’ बोलको म्युजिक भिडियो मोडल केके अधिकारीसँगको उनको जुगलबन्दी रमाईलै देखिएको छ । गायिका पुरीको दोस्रो एल्बम समर्पणमा समेटिएको यस गीतको म्युजिक भिडियोलाई ३ दिनमा १ लाख बढीले हेरिसकेका छन् ।
गीतमा रार्जिव शाहकोे संगीत रहेको छ भने शब्द गणेश सुबेदीको छ । भिडियोको निर्देशन युवराज वाईवाले गरेका हुन् । उत्सव दहालको छायाँकन रहेको भिडीयोलाई निशान घिमीरेले सम्पादन गरेका हुन् ।
For More videos Log on to Mazzako TV