कलाकार संघबाट तीन पत्रकारलाई सम्मान, बर्षालाई प्रोत्साहन
नेपाल चलचित्र कलाकार संघले आफ्नो १५ औं साधारण सभाले फिल्म क्षेत्रमा योगदान दिँदै आएका विभिन्न चलचित्रकर्मी तथा सञ्चारकर्मीलाई सम्मान गरेको छ । चलचित्र कलाकार संघ पुरस्कार २०७३ बाट उपाध्यक्ष समेत रहेकी विशिष्ट अभिनेत्री लक्ष्मी गिरी सम्मानित गरियो शान्ति मास्के पुरस्कारबाट अभिनेता पुरन थापाले सम्मान पाए ।
यस्तै चलचित्र कलाकार संघ विशेष सम्मानबाट हाँस्य अभिनेता सिताराम कट्टेल धुर्मुस र अभिनेत्री कुञ्जना घिमिरे सम्मानित भए । सोहि सम्मान विश्वका कान्छा निर्देशक सौगात विष्टलाई पनि प्रदान गरियो । कलाकार संघ पत्रकारिता सम्मानबाट प्रकाश सुवेदी, अशोकप्यासी राई र विष्णु सुवेदी सम्मानित भए भने चलचित्र कलाकार संघ सेवा सम्मानबाट संघका उपाध्यक्ष सानुकुमार ताम्राकार र सह कोषाध्यक्ष सुनिल कटुवाल सम्मानित हुँदा नव प्रतिभा प्रोत्साहन सम्मान अभिनेत्री वर्षा राउतलाई प्रदान गरियो ।
गत बर्ष सम्पन्न निर्वाचनबाट ३ बर्षे कार्यकालको लागी बोगटीको अध्यक्षतामा नयाँ कार्य समिति भएपछिको यो पहिलो साधारण सभा हो । सम्पन्न गरेको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच संघले आफ्नो बार्षिक प्रगती विवरण सार्वजनिक गर्दै साधारण सभा सम्पन्न गरेको हो । कार्यक्रममा अध्यक्ष रामकेशर बोगटीले सुरुवातमा नै मन्तव्य राख्दै प्रगति विवरण पेस गरेका थिए ।