फिल्म ‘हिटलर’ को ‘फस्टलुक’ रिलिज गरिएको छ । फस्टलुकसँगै ‘हिटलर’ को प्रदर्शन मिति समेत सार्वजनिक गरिएको छ । आउने वर्षको जेठ १२ गतेदेखि फिल्म अल नेपाल प्रदर्शनमा आउने सोमबार आयोजना गरिएको प्रेसमिटमा जानकारी दिइयो । सौरभ ढकालको निर्देशन रहेको ‘हिटलर’ लभ स्टोरी तथा कमेडी जनराको फिल्म हो ।

sohit-samiya

फिल्म बारे निर्देशक ढकालले भने ‘हिटलर प्रेम र कमेडीको मिश्रण हो । प्रेम भैसकेपछि आउने विभिन्न समस्यालाई फिल्ममा देखाइएको छ । दर्शकले फिल्मको नाम जस्तै कथावस्तु पनि पाउनु हुनेछ ।’ नायक शोहित मानन्धरले आफ्नो भूमिकाबारे भने, ‘फिल्ममा भूमिका फरक छ । दर्शकले मन पराउनु हुन्छ ।’ यस्तै नव नायिका सामिया बर्तौलाले फिल्मको कथावस्तु मन परेकाले काम गरेको बताइन् । उनले भनिन्–‘यो फिल्ममा म राणा खानदानीकी छोरीको भूमिकामा छु’ । शोहित भने फिल्ममा नेवार खान्दानी युवाको भूमिकाको प्रस्तुत भएका छन् ।

hitlar-pressmeet

सभासद् रामविर मानन्धर र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले ‘हिटलर’ को फस्टलुक सार्वजनिक गरेका थिए । अष्टनारायण पिक्चर्सको प्रस्तुीमा तयार भएको ‘हिटलर’ निर्माणमा अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे इनकर्पोरेटेडको सहकार्य रहेको छ फिल्ममा सोहित मानन्धर, सामिया बर्तौला, मेनुका प्रधान, दिवस धिताल, ए गुरुङ लगायत कलाकारको अभिनय छ । फिल्ममा लोचन घिमिरेको संगीत, सूर्य थोकर लामाको एक्सन, अरुणराज पौडेलको छायांकन र कृष्ण के अच्छामीको कोरियोग्राफी छ । मुगु र काठमाण्डौका सुन्दर दृश्यमा फिल्म खिचिएको छ ।

For More videos Log on to Mazzako TV