पुस्तान्तरको कथामा ‘ब्ल्याक’ बन्ने
बाबु र छोराको पुस्ताबीच असमझदारीलाई कथामा उनेर ‘ब्ल्याक’ नामको फिल्म बन्ने भएको छ । बिहीबार कमलादीस्थित गणेश मन्दिरमा सेतो परेवा उडाउँदै फिल्मको औपचारिक घोषणा गरिएको हो । आश्मा फिल्मस्को प्रस्तुति रहने फिल्मलाई प्रदिप श्रेष्ठले निर्देशन गर्न लागेका हुन् ।
फिल्ममा आकाश श्रेष्ठ र रेनुका सिंह ठकुरीको मुख्य भूमिका रहनेछ । आकाशले यसअघि ‘म त तिम्रै हुँ’ र ‘तिमी सँग’ मा अभिनय गरिसकेका छन् भने रेनुकाले यही फिल्मबाट डेब्यु गर्न लागेकी हुन् । फिल्ममा अघिल्लो पुस्ताका कलाकारको पनि उपस्थिति रहनेछ । फिल्ममा सुन्दर श्रेष्ठ, आश्मा पाण्डे, आयुष रिजाल, धिरेन शाक्य, सुशील क्षेत्री, प्रिया रिजाल, , पनि महत्वपूर्ण भूमिकामा देखिनेछन् ।
आश्मा पाण्डे निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, रामशरण उप्रेतिको छायांकन, महेश खड्का र प्रदिप पौडेलको संगीत रहेको छ । बसन्त अधिकारी मुख्य सहायक निर्देशक रहेको फिल्ममा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ । करण सिंह निर्माण नियन्त्रकको रुपमा रहेका छन् ।
For More videos Log on to Mazzako TV