अभिनेत्री तथा राप्रपा नृत रेखा थापाले यस वर्षको होली ए.माओवादी शिर्ष नेता नारायणकाजी श्रेष्ठसँग खेलेकी छिन् । सुन्धारास्थित अम्वे निवासबाट धुम्वाराहीको टिभी फिल्मीको फिल्मी होली, अभिनेत्री तथा नयाँ शक्तिकी सदस्य करिश्मा मानन्धरको गोदावरी निवासको होली हुँदै रेखाले हात्तीवनमा रहेको ए.माओवादीका शिर्ष नेता श्रेष्ठसँग होलि खेलेकी हुन् । रेखा र नारायणले एक अर्कालाई अबिरको टिका लगाइदिएर होली खेलेका थिए ।

rekha-narayan

भर्खरै राप्रपाको अधिवेशनबाट सदस्य पदमा समेत विजयी भएकी रेखाले ए.माओवादीका शिर्ष नेता श्रेष्ठसँगको होली बारे छोटकरीमा भनिन्, ‘रंग लगाउन कुनै पार्टी तथा समुहको व्यक्ति भनेर छुट्याउनु पर्छ जस्तो मलाई लाग्दैन् । यो त एकताको प्रतिक पनि हो ।’ रेखाले यसो भनिरहंदा नारायणकाजी मुस्कुराई रहेका थिए । उनले पनि ‘रेखा जीले भनेको गलत होइन’ भने । श्रेष्ठ निवासमा रेखा सहित, उनी अभिनित फिल्मको ‘पलाँस’ टिम, उनका आफन्त र केही सञ्चारकर्मी समेत उपस्थित थिए । यद्पी नारायणकाजीले घरमा होली खेल्ने कार्यक्रम भने राखेका थिएनन् ।

For More videos Log on to Mazzako TV