होलि रे…आर्यन र प्रियंका यसरी रंगिए (भिडियो)
होलिको अवसर पारेर फिल्म ‘बटरफ्लाइ’ को ‘होली रे…’ गीति भिडियो सार्वजनिक गरिएको छ जुन भिडियोमा नायक आर्यन अधिकारी, नायिका प्रियंका कार्की र कोरस समुह रंगले रंगिएका छन् । विकास चौधरीको संगीत रहेको गीतमा राजेश पायल राई र माण्डवी त्रिपाठीको स्वर छ । शब्द प्रमोद ढुंगानाको हो । कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियो हेर्नुस् :
ओम प्रतिक गुरुङको निर्देशन रहेको फिल्म ‘बटरफ्लाइ’ एक मात्र होलि गीत सार्वजनिक गरिएको हो । आर्यन र प्रियंकासँगै फिल्ममा अभिनेता अर्पण थापा पनि मुख्य भूमिकामा प्रस्तुत छन् । फिल्मको केही प्रतिशत छायाँकन बाँकी छ ।
For More videos Log on to Mazzako TV