चलचित्र पत्रकार संघ, नेपालको अध्यक्ष पदमा सन्दिप सापकोटा विजयी भएका छन् । बुधबार सम्पन्न सातौं अधिवेशनमा प्रतिद्वन्दी लक्ष्मण सुवेदीलाई २१ मतान्तरले पछि पार्दै सापकोटा अध्यक्ष पदमा विजयी भएका हुन् । यस्तै दुई मतान्तरले महासचिव पदमा अनिल यादव विजयी भएका छन् । महासचिव पदमा यादव र विजय सुवेदी ‘आवाज’ बिच प्रतिस्पर्धा भएको थियो ।

sandip-sapkota

यस्तै संगठन उपाध्यक्षमा दिनेश सिटौला निर्विरोध भएका छन् भने कार्यक्रम उपाध्यक्षमा श्याम अर्याल विजयी भएका छन् । अर्यालको प्रतिस्पर्धा अशेष अधिकारीसँग भएको थियो । महिला उपाध्यक्षतर्फ गीत अधिकारी भारी मतले विजयी भएकी छिन् । सचिवमा बैकुण्ठराज पराजुली विजयी भएका छन् । समावेशीतर्फ सचिवतर्फ समिर बलामी निर्विरोध रुपमा चुनिएका छन् । कोषाध्यक्षमा कुवेर डंगोल र सह कोषाध्यक्षमा जीवन पराजुली सर्वसम्मत चुनिएका छन् । यस्तै सदस्यतर्फ बर्षा बस्नेत, उत्सब रसाईली, सुरेश दुलाल क्षेत्री ‘बाबु’, कृष्ण भट्टराई, विकास लामिछाने र मनिष कार्की निर्वाचित भएका छन् । समावेशी सदस्यमा विशाल राई र महिला सदस्यमा दिपज्योती थापा निर्विरोध रुपमा चुनिएका छन् ।

fnj-elected-team

यस्तै पार्षदतर्फ सार्वाधिक मत (९१ मत) लिएर डब्बु क्षेत्री, राजन घिमिरे, शान्तिप्रिय, विदुर गिरी, सुव्रतराज आचार्य, धनबहादुर खड्का, अशोक प्यासी राई, विष्णु प्रसाद सुवेदी, नेमिष गौतम विजयी भएका छन् भने महिलातातर्फ जयनसुब्बा मानन्धर, स्वस्तिका चिलवाल र रश्मि थापा ‘लक्ष्मी’ सर्वसम्मत चुनिएका छन् । परदेश पार्षदमा १६ जनालाई चुनिएका छन् ।

For More videos Log on to Mazzako TV