बैशाख २९ देखि ‘बन्धन’ लाग्ने, ‘गुलाबी’ बन्ने
नायक सविन श्रेष्ठ र नायिका पुर्णिमा लामाको अभिनय रहेको फिल्म ‘बन्धन’ बैशाख २५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । गएको शनिबार प्रेसमिट गर्दै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो । कार्यक्रममा चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राई लगायत संघ संस्थाका प्रतिनिधिले फिल्मको फस्ट लुक्स समेत सार्वजनिक गरे । ‘बन्धन’ लाई समिर मियाँले निर्देशन र शिशिरजय खरेलले निर्माण गरेका हुन ।
यसैबीच कलाकार समेत रहेका डिबी बम्जन प्रस्तुतकर्ता तथा शिशिर नै मिर्माता रहने गरी सोही कार्यक्रमबाट नयाँ फिल्म ‘गुलाबी’ निर्माण घोषणा गरिएको छ । फिल्मका सबै कलाकार फाईनल छैनन् तर निर्देशनमा देबकुमार श्रेष्ठ अनुबन्ध बएका छन् । समिर मियाँले निर्देशन गरेको यो फिल्मकै ब्यानरले बम्जन फिलिम्ससँगको सहकार्यमा ‘गुलाबी’ को निर्माण गर्न लागेको हो ।
For More videos Log on to Mazzako TV