rekha-aayub

चैत १८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘पलाँस’ को ट्रेलर रिलिज भएको छ । झण्डै तीन मिनेट लामो रेखा थापा स्टारर फिल्मको ट्रेलर कलरफूल छ । ट्रेलरमा रेखा, नायक आयुव केसी र कलाकार कामेश्वर चौरासिया मुख्य रुपमा फिचरिङ छन् । रेखा सम्झना मिस र आयुव कृष्ण ‘ठिस’ प्रेमीको रुपमा प्रस्तुत छन् । कामेश्वर रिसाह देखिएका छन् । ट्रेलर हेर्नुस् :

कृषा चौंलागाईंको निर्माण र सुवास कोइरालको निर्देशन रहेको फिल्म ‘पलाँस’ वोर्डरमा हुने चेलिबेटी ओसारपसारमा केन्द्रित छ । जहाँ रेखा, आयुव र कामेश्वर मुख्य भूमिकामा देखिएका छन् । सुशन प्रजापतीको छायाँकन रहेको फिल्ममा अर्जुन पोखरेलेको संगीत छ ।

For More videos Log on to Mazzako TV