फिल्म ‘मेरी कुसुम’ को प्रदर्शन मिति तय गरिएको छ । कलाकार मोहन बोगटीका अनुसार आउँदो बर्षको जेठ २५ गतेबाट यो फिल्म रिलिज हुने भएको छ । फिल्मलाई ‘मेरी कुसुम’ लाई काठमाण्डौ बाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

mohan-harsika

एक्सन लभ स्टोरी फिल्म ‘मेरी कुसुम’ मा कलाकार बोगटी र हर्षिका श्रेष्ठको मुख्य भूमिका छ । मलेसिया, कतार, बहराइन लगायत देशमा फिल्मलाई प्रदर्शन गर्ने तयनरी भैरहेको उनले बताए । एन.आर घिमिरेको लेखन तथा निर्देशन रहेको फिल्ममा सुनिता शर्मा बोगटी निर्मात्री रुपमा रहेकी छिन् । भने रुद्र खनाल र रविन्द कुँवर सह–निर्माताको रुपमा छन् । फिल्ममा दिव्य सुवेदीको छायांकन, टंक बुढाथोकीको संगीत रहेको छ ।

For More videos Log on to Mazzako TV