‘राज्जा रानी’ सुटिङ सेटमा अभिनेता दीपक क्षेत्रीलाई सहयोग
अभिोता दीपक क्षेत्री स्वर गुमाएपनि अभिनयमा सक्रिय छन् । यी पाका अभिनेताको स्वर फिर्ता गराउन पहल सुरु भएको छ । ‘राज्जा रानी’ निर्माता एमके पौडेलले १ लाख ११ हजार १ सय ११ रुपैयाँ बैंक खाता खोलेर जम्मा गर्ने घोषणा गरेपछि कलाकार र प्राविधिकले पनि सहयोगी हात बढाएका छन् ।

अहिलेसम्म २ लाख २१ हजार संकलनको निधोे भएको छ । गएराति १० बजे नेपालगंज सुटिङ सेटमा अभिनेता क्षेत्रीका लागि युनिटले सरप्राइज जन्मदिन पार्टी आयोजना गरेको थियो जहाँ निर्माता पौडेलले स्वर फिर्ता गराएर छाड्ने वचन व्यक्त गरे । स्वर नलीमा मासु पलाएकाले क्षेत्रीको स्वर गुमेको जनाइएको छ । शल्यक्रियालाई लागि झन्डै ५ लाख चाहिने क्षेत्रीले बताए । अभिनयमा करियरमा पहिलोपटक छायांकन सेटमा जन्मदिन मनाएका क्षेत्री आफूप्रति सम्मानमा पुलकित देखिन्थे । केकी अधिकारी, अभिनेत्री (२५ हजार), नाजिर हुसेन, अभिनेता (२५ हजार), पुरुषोत्तम प्रधान, छायांकार (१० हजार), सरल बुढाथोकी, मेकअप (५ हजार), यम थापा, निर्देशक (१० हजार), हरि थापा, भान्सा (५ हजार) ले सहयोग घोषणा गरेका छन् ।
अहिले नेपालगंजको रनियापुर, बानियाँगाउँ, नेपालगंज बजार, जमुनिया लगायतका थलोमा फिल्म छायांकन भैरहेको छ । सिनेमा सेतो सूर्यको समिक्षा लेख्दै हलिउड रिपोर्टरले क्षेत्रीको प्रशंसा गर्दै लेखेको थियो, दृश्यलाई जीवन्त तुल्याउन ज्यान दिने अभिनेता ।
For More videos Log on to Mazzako TV







