अर्जुन कुमारको ‘फाटेको जुत्ता’ मा प्रियंका
नायिका प्रियंका कार्की नयाँ फिल्ममा अनुबन्धित भएकी छिन् । निर्माता अर्जुन कुमारले निर्माण गर्ने फिल्म ‘फाटेको जुत्ता’ मा प्रियंका अनुबन्धित भएकी हुन् । निरोज महर्जनको स्क्रिप्ट रहेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गर्दै प्रियंकाले नयाँ फिल्मको जानकारी आफ्ना फ्यानलाई दिएकी हुन् ।
निकेश खड्काले निर्देशक गर्ने फिल्म ‘फाटेको जुत्ता’ मा प्रियंका सहित अन्य स्टार्स रहनेछन् । तर प्रेसमिट गरेर मात्रै यसको औपचारिक जानकारी निर्माण पक्षले दिने बुझ्नमा आएको छ । भर्खरै ‘बटरफ्लाई’ मा सिक्स प्याक एक्टर आर्यन अधिकारीसँगस्क्रिन सेयर गरेकी प्रियंकाले ‘फाटेको जुत्ता’ मा कोसँग स्क्रिन सेयर गर्लिन् त ?
For More videos Log on to Mazzako TV