छायाँकनरत फिल्म ‘ग्याङ्गस्टर ब्लूज’ को रिलिज हेरफेर भएको छ । यसअघि अर्को बर्ष भदौ २३ मा रिलिज हुने भनिएको यो फिल्म अब भदौको २ गते नै रिलिज हुने भएको हो । ‘ग्याङस्टार ब्लूज’ रिलिजको एक साता पछि अनमोल केसी स्टारर ‘कृ’ रिलिज हुने भनिएको छ ।

anmol-ashirman

निर्माता सरोज न्यौपानेले ‘ग्याङ्गस्टर ब्लूज’ को रिलिज अघि सरेको पुष्टि गरेका हुन् । हेमराज विसीले निर्देशन गर्दै गरेको फिल्ममा नव नायक आशिरमान देशराज, आना शर्मा, संयम पुरी, प्रमोद अग्रहरी र रोजिशा शाहि ठकुरी मुख्य भूमिकामा रहेका छन् । मनिष पन्तको कार्यकारी निर्माण रहेको फिल्ममा कालिप्रसाद बाँस्कोटाको संगीत रहेको छ ।

For More videos Log on to Mazzako TV