कंगना स्टाइलमा रिमाको र्याम्प !
तपाईंले हिन्दी फिल्म ‘फेसन’ फिल्म हेर्नु भएको छ ? यदि तपाईंले उक्त फिल्म हेर्नु भएको छ भने नायिका कंगना रणावतको स्टाइल अनि कन्फिडेन्टलाई पक्कै पनि याद गर्नु भएको छ होला ।
हो, नायिका रिमा विश्वकर्माले पनि शनिबार पोखरामा आयोजित फेसन ट्रेन्डस् २०१७ मा ‘फेसन’ मा कंगनाको स्टाइल अनि कन्फिडेन्टको झल्को दिइन् । पर्पल कलरको गाउनमा रिमा निकै बोल्ड देखिएकी थिइन् । उनी र्याम्प शोमा कन्फिडेन्टका साथ हिंडेकी थिइन् ।
रिमाको उक्त लवाई र हिंडाइलाई धेरैले ‘फेसन’ की कंगनासँग दाँजे । सबैको तारिफपछि रिमा पनि मख्ख देखिइन् । उनले डिजाइनर उत्तम श्रेष्ठ बनेपालीको पहिरण लगाएकी थिइन् । तस्बिर : उद्धव रसाईली ।
For More videos Log on to Mazzako TV