‘लुट २’ सबैतिर हाउसफूल : दर्शक भन्छन्, ‘हाकु काले हिरो’
अन्ततः फिल्म ‘लुट २’ हेर्न हलमा दर्शकको ओइरो लागेको छ । प्रदर्शनको पहिलो दिनको पहिलो शोमा देशका अधिकाशं हलहरु हाउसफूल भएको जानकारी निर्माता माधव वाग्लले दिएका छन् । राजधानीमा रहेको गोपिकृष्ण हलमा रहेका पाँच वटा हल बिहानी शोमै हाउसफूल भएको निर्माता वाग्लेको भनाई छ ।
‘दुई हजार दर्शक बाहिर थिए’ गोपिकृष्णमा उर्लिएका दर्शक बारे निर्माता वाग्लले भने, ‘सिस्टमका कारण दुई वटा हलमा फिल्म लगाउन सकिएन । बाँकी पाँच वटा हलहरु हाउसफूल छन् ।’ निश्चल बस्नेत निर्देशित फिल्म ‘लुट २’ ले अनुमानित दर्शकको संख्या हलमा तानेपनि फिल्म हेरेपछि दर्शकले दिने प्रतिक्रिया भने सबैको प्रतिक्षाको विषय थियो । हात्तिसारस्थित जय नेपाल हलमा ‘लुट २’ हेर्न आएका दर्शकले फिल्म राम्रो रहेको प्रतिक्रिया दिएका छन् । उनीहरुले ‘लुट २’ को हिरो हाकु काले अर्थात् अभिनेता सौगात मल्ल रहेको बताएका छन् ।
फिल्ममा सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की, कर्म, ऋचा शर्मा, सुशिलराज पाण्डे, प्रतिकराज न्यौपाने, सृजना सुब्बा, एलिशा राईको अभिनय छ । एक सय बढी हलहरुमा लागेको ‘लुट २’ ले शुक्रबार नै एक करोडको व्यापार गर्ने अनुमान गरिएको छ ।
For More videos Log on to Mazzako TV