निखिलको हर सासमा निता (निर्भय लभ सङ्ग रिलिज)
चैत्र ११ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘निर्भय’ को प्रेम भाव बोल्ने गीतको भिडियो रिलिज गरिएको छ । रिलिज आउन एक महिना मात्र रहँदा फिल्ममा समावेश ‘मेरो हर सासमा’ बोलको गीत बुधबार निर्माण टिमले सार्वजनिक गरेको हो । भिडियो हेर्नुस् :
तारा प्रकाश लिम्बुको संगीत, रोजी लाबुङ राईको शब्द रहेको गीतमा संगीतकार लिम्बुको स्वर छ । गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका छन् । मधुसुदन भट्टराईको निर्देशन रहेको फिल्म ‘निर्भय’ का निर्माता देविप्रसाद पाण्डे हुन् । फिल्ममा निखिल र नीतासँगै विकास चापागाईं, सुशिल पोखरेल, प्रज्वल गिरी, प्रदिप ढकाल र रश्मी भट्ट लगायत अभिनय रहेको छ ।