सुदर्शन थापाको निर्माण तथा निर्देशन रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ को बिहिबारबाट छायाँकन सुरु भएको छ । काठमाडौंको सानो भर्याङमा रहेको घरको ‘इन्डोर’ बाट फिल्मको छायाँकन सुरु भएको हो ।

paul-pooja-sudarshan

सुटिङको पहिलो दिन कथाका मुख्य पात्र नायक पल शाह, नायिका पूजा शर्मा सहित अभिनेता सरोज खनाल, अभिनेत्री रुपा राणा, कलाकार प्रज्जवल सुजल गिरी र बाल कलाकार सिवानी खातीले टेक दिए । निर्माता तथा निर्देशक थापाले चालिस दिनको तालिका तय गरेर सुटिङ सुरु गरेको बताए । उनले भने,‘आशा गरौं समयमै काम सकिन्छ । हामी पूर्ण तयारीका फ्लोरमा निस्किएका छौं । दर्शकको मन छुने फिल्म बनाउँने कोशिस गर्नेछु ।’ लभ स्टोरी फिल्म ‘म यस्तो गीत गाउँछु’ को सुटिङ काठमाडौं, पोखरा र अप्पर मुस्ताङमा हुनेछ ।

paul-pooja

पहिलो पटक पर्दामा जोडी बाँधेका पूजा र पलले उत्साहका साथ सुटिङमा आएको बताए । दुवैले भने, ‘अभिनयमा हामी शत प्रतिशत दिने कोशिस गर्छौं ।’ यस्तै अभिनेता खनाल र अभिनेत्री राणाले फिल्म राम्रो बन्ने विश्वास व्यक्त गरे । ‘छोटो भएपनि भूमिका रमाइलो छ’ कलाकार सुजलले भने, ‘यसपाली चाहिं फिल्ममा हिरो हुने मौका पाएको छु ।’

team

संजय लामाको सिनेम्याटोग्राफी रहेको फिल्म ‘म यस्तो गीत गाउँछु’ मा अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको नृत्य निर्देशन र विश्व गौतमको कस्ट्युम डिजाइन रहनेछ । लामो समयको तयारीपछि सुटिङ सुरु गरिएको ‘म यस्तो गीत गाउँछु’ अर्को साल सार्वजनिक प्रदर्शनमा आउनेछ । फिल्ममा नायिका शर्मा पनि सह निर्मात्रीको रुपमा रहेकी छिन् ।

sarij-khanal-prajwal-giri

For More videos Log on to Mazzako TV