छविराज ओझाको निर्माण रहेको फिल्म ‘मंगलम’ को छायाँकन सकिएको छ । नायिका शिल्पा पोखरेल पहिलो पटक निर्माता बनेको यो फिल्मको मंगलबार राजधानीमा इन्डक्ल्याप भएको हो । ३३ दिनमा छायाँकन सकिएको शिल्पाले जानकारी दिइन् ।

shilpa-puspal

‘तोकिए भन्दा केही दिन पहिला नै सुटिङ सकियो’ नायिका तथा निर्मात्री पोखरेलले भनिन्, ‘काम एकदम राम्रो भएको छ । हामी सबै खुसी छौं ।’ नवल नेपालको निर्देशन गरेको ‘मंगलम’ को सुटिङ तालिका ३५ दिन तोकिएको थियो । फिल्ममा शिल्पासँग पुष्पल खड्का र पृथ्वीराज प्रसाईंको मुख्य भूमिका रहेको छ ।

For More videos Log on to Mazzako TV